20 April 2019  |   शनिबार, बैशाख ७, २०७६

टिका टुकू टुकू स्कुल जाँदा युवराज पारस हर्षित

    | प्रकाशित मितिः बुधबार, माघ २३, २०७५  

सोम विक्रम सिंह / काठमाडौको कोलाहाल,षड्यन्त्रपुर्ण तथा दोषारोपण वातावरण । धुलो धुँवा, नकरात्मक समाचार र सो गतिबाधीले ल्याउने नकारात्मक उर्जालाई चिर्न युवराज पारस तथा उनका केही सहयोगीहरू लिएर भ्रमणमा निस्केका थिए । एउटा उद्वेश्य सहित कर्मनिष्ठको सन्देश बोकेर । धादिङबाट शुरूवात गरि मनकामना माईको दर्शन देखि गोर्खा ,लमजुङ,पोखरा , पाल्पा,भैरहवा,नेपालगन्ज ,कोहलपुर ,धनगढी महेन्द्रनगर र शुक्लाफाँटा पुगि काठमाडौं फर्के ।

निर्मला हत्याकाण्डले गर्दा राजनितीक असर नपरोस् भनी भ्रमण केही महिनालाई स्थगित गर्नु पर्ने बाध्यता आईपर्यो । गाउँगाउँ ठाऊँ ठाउँमा गई जनतासँग भलाकुसारी गरि कर्मनिष्ठ अभियानलाई प्राथमिकता दिनु नै भर्मणको उद्वेश्य थियो । उनले विभिन्न भेटमा भेट्न आएका युवावर्गको कुरा सुन्ने र आफ्नो धारणा राख्ने काम गरे । अभियान अन्तर्गतको मुख्य बिषय नै कर्मनिष्ठ थियो । उनले भेट्न आएकाहरूलाई सत्कर्म गर्दै अनवरत रूपमा निष्ठावान भएर लाग्न आग्रह गर्ने गर्दथे ।

गीताको सारंशमा भने झैं फलको आशा गर्न आवश्यक छैन तर हाम्रो सत्कर्मले हाम्रा आगामी पुस्ताले सुखमय जीवन व्यतीत गर्न पाउँछन् । यही नै हाम्रो उपलब्धि हुनेछ भन्ने सन्देश दिई मनको धीरलाई खोल्नु थियो । त्यहा युवाबर्गको ठूलो गुनासो नै राष्ट्रियता खस्कियो र राष्ट्र सिद्वियो भन्ने थियो । त्यसमा युवराज पारसले ढाडस दिंदै चिन्ता गर्नु पर्दैन, देशमा जवसम्म स्वाभिमानी नेपाली , देशभक्त र राष्ट्रबादी जनता छन् तवसम्म नेपालको शीर तिनीहरूले निचो हुन दिंदैन म पनि जनताकै माझ र साथमा छु भन्ने सुझाव दिन्थे । उनले युवाको मन जित्न खास त्यति प्रयास गर्नु परेन , जनताले उनको उपस्थितिलाई नै सहज रूपले स्विकार गरिदिए ।

तर पनि ती भ्रमणमा उनको मन बिचलित भएको र केही कुरामा त्यसै अड्किरहेको भान हुन्थ्यो । बेलाबेलामा  बच्ची बारे चर्चा गरिरहेका हुन्थे । आफ्ना सहयोगीलाई के भयो,उपलब्धि के छ भनि प्रश्न गरिरहेका हुन्थे । ती बालिका थिए,अति ह्रदय बिदारक अवस्थामा जन्मेका र हुर्किदै गरेका मायालु बच्ची । जसलाई उनी अकस्मात् कालिन्चोक जाँदा भेटेका थिए । आमाको अँगालोमा मुस्कुराई रहेकि दुबै हात र खुट्टाको तल्लो भाग जन्मजात नभएकि ।

– पहिले चोटि टीका सँग साक्षात्कार कालिञ्चोकमा

बच्चीलाई देख्नासाथ कमल मनका धनी युवराज पारसले बच्चीको औषधी उपचार र भरणपोषण तथा शिक्षादिक्षा हेर्ने प्रण गरे र स्विकारे । तर अहिलेको अवस्थामा आफु त्यो अवस्थामा छैनन् । कहाँ के कस्तो स्वास्थ्य उपचार तथा अन्य कार्य हुन्छ भन्दै चाहर्दै हिँड्ने र आफ्नो संस्था भएको जस्तो सहज वातावरण पनि छैन राज्य संयन्त्रले उनको आदेश पालना गर्ने । तसर्थ उनले आफ्नो सहयोगी तथा हितैषीलाई सम्पुर्ण जानकारी राख्न प्रस्ताव राखे । सो अनुरूप उनका सहयोगीबाट भरपुर सहयोग प्राप्त गरे । सहयोगीले बिभिन्न ठाउँमा टीकाको ब्यदना लिएर गए र अनतत् सोचेको कुरा प्राप्त गर्न सफल भए ।

युवराज पारसको कालिञ्चोक माईको दर्शन र मजदुर परिवारसँग भेटघाटको केही महिना पश्चात टीका बुढा क्षेत्रीको नेपालगन्ज मेडिकल कलेज टिचीङ हस्पिटल,कोहलपुर स्थित फिजियोथेरापि बिभागका डा. बिजय कर्ण नेतृत्वमा र हितेस न्यौपाने को टिमद्वारा बच्चीको नक्कली खुट्टा हाल्ने प्रकृया सु-सम्पन्न भयो । यसको अन्य जिम्मा सवन्यकारी भुमिका पारस सरकारको सहयोगीहरूले जिम्मा लिनु भयो ।

गएको २२ श्रावणमा बच्चीको लिम्ब वा नक्कली खुट्टा सफलता पुर्वक राखियो । बच्चीको खुट्टाको नाप लिए पश्चात् । खुट्टा राखिएको करिव पाँच दिन शारिरिक जाँच तथा केही अध्यन पश्चात बच्चीलाई हिँड्न स्वीकृति दिईयो । प्लास्टिकको खुट्टा हालिएका ती सानी नानी आज हाँसि खुसि पाठशाला जान सक्ने भएकी छिन् । आज उनको परिवारको खुसिको सिमा छैन , आफ्नो बच्ची हिंडडुल गर्ने र खेल्ने अवस्थामा पुगेको देखेर ।

सुर्खेतका बासिन्दा तथा कालिन्चोकमा पारस सरकारलाई भेट्दा साधारण मजदुर ईट्टा ढुङ्गासँग खेल्ने र मजदुरी गरि खानेले शायदै सोचेका थिएनन् ढुँगा खोज्दा देउता मिल्ला भनेर । पारस सरकारले बच्चीको ह्रदय बिदारक स्थिती देखेर मन थाम्न सकेनन् । फोनको नेटवर्किङ को बाध्यतामा पनि कसैलाई बल्ल बल्ल फोन लागि हाल्यो र उनले हातखुट्टाको तल्लो भाग नभएको बच्चीको उद्वारको जिम्मा तुरून्त लिए ।

बल्ल अथक प्रयासको बावजुद सबैको हातेमालो र सहयोग बावजुद र बच्चीको स्वास्थ्य  अध्यन पछि  टिका नानीलाई सुर्खेतबाट बोलाएर कोहलपुरमा खुट्टाको अध्यन र नाप लिई पश्चात कोहलपुर मै प्लास्टिकको खुट्टा तयार पारि बच्चीलाई खुट्टा लगाईदिने काम भयो । सहयोग गर्न तत्पर साथहरूले युवराज पारसको सपना ,बच्चीलाई सबल मानीस झैँ हिंड्न तथा डुल्न र पढ्न तथा लेख्न सक्ने सबल बनाउँछु भन्ने सपना साकार हुने भयो भन्ने ठानेर युवराज खुसि देखिएका थिए । करिव तीन हप्ताको अथक प्रयास पछि खुट्टा हाल्ने काम सिद्विएपछि अब हातको काम वाँकि छ जुन निकट भविष्यमा चाँडै नै हुने जानकारिमा आएको छ ।

उता ती अवोध बालिकाको परिवारको हर्षले भावबिभोर भएर आफ्नो सन्तानले पुनर्जन्म पाएको भन्दै युवराज पारसलाई पुज्दै यश पुज्जनीय कार्यमा लागेका सबैलाई मन देखि दुवा दिईरखेका छन् । त्यो परिवार कति खुसि भए होलान् आफ्नो बच्ची हिंडडुल गरेको देखेर ,टीका हिडेर स्कुल जान थालिन् भन्ने समाचार सुनेर तथा भगवान कालिन्चोक माईलाई मुरि मुरि धन्यवाद दिंदै भगवान तिमी साक्षात छौ , तिम्रा लिला अपरम्पार छ भन्दै मन देखि पुकारी रहेका छन् होला ।

बिहान जुरूक्क उठि नित्य कर्म गरि कुनै योजना बिना युवराज पारस पनि आफु किन र के को लागि कालिन्चोक पुगें भन्नेको यथार्थता बुझे पछि देवीसँग साक्षात्कार गर्ने प्रयास गर्दै आ फ्नो सानो प्रयासले बच्चीको उद्वार भएको देखेर खुसि र आनन्द महसुस ब्यक्त गर्दैछन् होला । जति नै आफु बिरामी भए पनि कसैलाई पीडा दिन नचाहने पारस तिमी पारस मणि हौ दिनदुखिका लागि,तिमीले आटेको र सोचेको काम पुगोस् ,तिमी सत्कर्म गरि कर्मनिष्ठ भई अगाडी बढि रहनु ,भगवान गोरखनाथले तिम्रो अवश्य कल्याण गर्नेछ । श्री पशुपतिनाथ जीले कल्याण गरून् ।

आजको दिनमा सबैले युवराज तिम्रा सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै भगवान गुरु गोरक्षनाथसँग प्रार्थना गरिरहेका छन् । श्री गोरखकालीले सदैव रक्षा गरून् ।

– जय देश जय नरेश ।

प्रकाशित मितिः बुधबार, माघ २३, २०७५     10:22:32 AM  |

One Comment

प्रतिक्रया दिनुहोस्