20 April 2019  |   शनिबार, बैशाख ७, २०७६

जागौं जनता जागौं, राजसंस्था नै देश बचाउने साँचो हो !

    | प्रकाशित मितिः बुधबार, माघ २३, २०७५  

विनय कुमार गौतम /सोझासाझा जनता उचालेर ६२/६३ को जन अान्दोलन गरे ।,तर आन्दोलनको उपलब्धी भनेको दिल्लीमा गएर  गिरिजा प्रसाद ,बाबुराम र प्रचण्डको बलमा सात दल मिली गोप्य बाह्र बुँदे सम्झौता गरि नेपालको मौलिक सभ्यता ,राष्ट्रिय पहिचान र राष्ट्रियता सिद्विने गरि राजसंस्था र हिन्दु धर्म फाल्ने काम भयो ।

टाउको मूल्य तोक्ने र टाउको ताकेर हान्ने बिच अनौठो किसिमको गठबन्धन भयो, त्यसको परिणाम अाज जनताले भोक्दै छन् । भएभरको चप्पल छाप मिली संविधान सभाको भुनाबको नाममा सत्ता र सरकारको खेल शुरूवात भयो । जसमा राष्ट्रको खरबौं ढुकुटी स्वाहा पार्ने काम बाहेक केही भएन । संविधान सभाको चुनावमा सरकार परिवछखेल र चुनावको नाममा जनताले तिरेको राजस्व र कर माथि हमला भयो ।  तिनीहरू आफ्नो सुख सुबिधा र अमन चैन बाहेक बेहि अवस्थामा रहेनन् ।

तीन करोड नेपाली जनताको नाममा राजनिती गरेर जम्मा तीन पार्टी र तिनका झोलेहरूको हालिमुहाली हुने कस्को किसिमको शासन पद्वती जनताले ल्याएछ भने अाज जनता चरम भोक , रोग व्याकुल , बेरोजगार र महंगीको दलदलमा भासिन अवस्थामा अाईपुगेको छ । जसले गर्दा आज जनता आफ्नो समाज ,परिवार तथा संस्कारबाट टाढा बिदेसिन बध्यता अाईपरेको छ । झन्डै एक करोड जति जनता आज रोजगार र शिक्षाको कारण बाहिरन परेको छ, यहाँ केवल बुढाबुढी तथा बच्चाहरूको मात्रै बाहुल्यता देखिएको छ ।

देशको यो स्थितीमा आज राजनितीज्ञहरूले भरपुर फाईदा लिएका छन् । युवा वर्ग जो टाठाबाठ तथा चेतनशील र उर्जाबान छन् तिनीहरूलाई बिदेशिन बाध्य पारे पछि बच्चा र बृद्वा माथि सजिलो शासन गरि रजाइँ गर्न सहज वातावरण बनाएका छन् । बिदेशीको ईशारा अनुरूप आज देशको मौलिक सभ्यता र राष्ट्रिय पहिचानमा ठाडो हस्तक्षेप गरि राष्ट्रियता बमजोर हुने बाताबरणले गर्दा आज राष्ट्र कमजोर अवस्थामा छ भने बिदेशीले सजिलै आफ्नो एजेण्डा घुसाउने मौका मिलीरहेको छ ।

फेदबाट नभई टुप्पोको पनि माथल्लो भागमा उम्रेकाहरूले सत्तामा पुगेपछि गिद्वले लास लुछे झैं गरि देश नै छिया छिया शुने गरि सम्पूर्ण नदिनाला पनि बिदेशीलाई सुम्पि सके भने सिमाको हाम्रो भुभाग ख्वात्तै भारतमा पुगिसक्यो । बिस्तारै यिनले नृपालको प्राकृतिक स्रोत बिदेशीलाई सुम्पिने छन् भने हिमालको अवस्था दुखदायी अवस्थामा पुर्याउने छन् । अहिले हिमाल छेउ तिर भारत र अमेरिकाको कृडास्थल भईसक्यो । धन्न चीन जस्तो मित्र राष्ट्र उत्तर तिर छ ,त्यस दिशामा पनि भारत अवस्थित भई दिएको भए ठाडै हिमाल कव्जा भईसकेको शुने थियो , यो भारतको नेपाल प्रति बिगत देखि हालसम्मको शेपाहा प्रबृतीले जनाउँदछ ।

जनता आजित भईसके, जनता बिच पनि ठूलो फाटो आईसक्यो । जनताहरू पहिचान ,क्षेत्र र बर्गको लागि एक आपसमा भिडण्त गर्ने अवस्थामा आईपुगिसके धन्न जनता संयम छन् र पो नत्र यो देश उहिले लडाईको रणभुमिमा फसि सक्थ्यो । राजनेता भनेर तिनका झोलेले उपनाम दिएकाहरू नै आज देशलाई द्वन्दमा पुर्याउन उद्वत हुँदैछ तर पनि जनताले केही गर्न सक्ने अवस्थामा छैनन् । कैयौंपटक राजनिती परिवर्तन र प्रधानमन्त्री तथा सरकार परिवर्तन भए न जनताले सुख पायो, न सुखि भए , न देश नै राम्रो गतिमा अगाडी बढ्यो ।

दिनरात नभनी मेहिनत गर्दा पनि जनताले सुखसँग र खुसिसँग बाँच्ने आफ्नो अधिकारबाट बँचित छ भने धिक्कार छ तिमी जनतु नेताहरूलाई । देशमा हिँसा , बलात्कार ,भ्रष्टाचार , अत्याचार , अनियमितता तथा कु व्यबस्थाले जनता र देश थिलो थिलो पारिसक्यो । अझ चप्पलेहरू सोझा तथा निमुखा जनतामा भ्रम छर्न व्यस्त छन्  र जनता त्यहि भ्रमको खेतीमा निर्भर हुन बाध्य छन् कुनै उपाय नसुझेर । देशमा धर्म संस्कृती , मौलिक सभ्यता , राष्ट्रिय पहिचान,मोलिक भाषा, मौलिक भेष, पर्व ,जात्रा , रहनसहन तथा अन्य राष्ट्रियताको मुख्य वस्तु त्यसै मासेका होईन रहेनछ भन्ने कुरा अब जनताले मनन गर्न अत्याबश्यक छ ।

मन्दिरको देश चर्चमा परिणत भईसक्दा पनि जनताले आवाज बुलन्द गर्न सक्ने उर्जा किन प्राप्त हुँदैन, यो अत्यनङगहन बिषय छ । के आफ्नो नेपालीत्व ,नेपालीपन बचाउन नी बिदेशीले पैसाको खोलो बगाउन पर्ने हो र ?  के नेपालीको राष्ट्रियता र देश बचाउन डलर र भारूको अावश्यकता हो र जनतालाई ? किन गाउँ गाउँ बस्ती बस्तीबाट जनता उठ्दैनन् । आफ्नो सार्वभौम , स्वाधिनता र पुर्ण स्वतन्त्रता बचाउन ? पैसाले रोकेको होकि बिदेशी शक्तिले , जनताले आफै मनन गर्न जरूरी छ । धर्म परिवर्तनकारी बिदेशी भन्दा पनि तँछाडमछाड गरि नेपाली नै लागिरहेका छन् ।

धर्म परिवर्तन गर्न त्यहि नेपाली लाग्न सक्ने ,देश बेच्न त्यही दलाल लाग्न सक्ने भनेपछि धर्म र देश बचाउन नेपाली नै बिन लाग्न नसक्ने ? यतन जात जतामाबिभाजन गरि दलित भनेर सोझा नेपालीलाई सिधै ईसाई बनाईरहेका छन् , जनजाती आदिबासी भनी मएनओ भन्ने संस्था खोली सिधै जनतालाई ईसाइ बनाईरहेका छन् । के अब भारतको सीमा क्षेत्रमा मधेशी भनी ईस्लाम बनाउँदै लगेर नेपालमा ईसाई र ईस्लाम बिच ठूलो युद्व गराउने ? यो ज्ञानभुमी , तपोभुमी , ऋषीभुमी , देवभुमी , शिवभुमी, साक्षातभुमीमा अब जनताले यो कुरा बुझ्नै पर्छ , आफ्नो सुरक्षा आफै गर्न जाग्न अावश्यकता छ । बेलैमा हामी सबैले यो बुझ्नै पर्छ । देशको लागि सम्पुर्ण नेपाली जाग्नै पर्छ जोगी देखि अाम परिवार सम्म ,बाध्यात्मक परिस्थितिमा बिदेशमा बसेका नेपाली देखि स्वदेशमा बसेका सम्पुर्ण नेपालअीले बुझ्न ढिलाई गरे यो देश ठूलो रणभुमिमा फस्ने छ । यसको नकरात्मक परिणाम स्वदेशमा बसे पनि बिदेशमा बसे पनि बिश्वको सम्पूर्ण नेपालीले भोग्नै पर्छ ।

तसर्थ अन्तिम एक पटक सम्पूर्ण नेपाली सोचौं र देशको लागि एकजुट हुने प्रयास गरौँ , धर्म सस्कृती , मौलीक सभ्यता, राष्ट्रिय पहिचान ,भेषभुषा,भाषा,राष्ट्रियता तथा राष्ट्र बचाऔ । एकजुट भई राजालाई आव्हान गरौँ,राजसंस्था हाम्रो हो यसलाई राजाको खाँचो छ ,राजसंस्था नै देश बचाउने साँचो हो । – जय गोरख जय पशुपती जय गोरखकाली !!

(लेखक विनय कुमार गौतम कर्मनिष्ठ अभियन्ता हुन )

प्रकाशित मितिः बुधबार, माघ २३, २०७५     12:08:59 PM  |

प्रतिक्रया दिनुहोस्