19 February 2019  |   मङ्लबार, फाल्गुन ७, २०७५

नथियाकी लेखिका सरस्वती प्रतिक्षा बिरुद्ध प्रहरीमा उजुरी,यस्तो छ सरस्वतीको टिप्पणी 

    | प्रकाशित मितिः बुधबार, माघ २३, २०७५  

काठमाडौ । नथिया उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा विरुद्ध प्रहरीमा उजुरी परेको छ । वादी समुदायको आत्मसम्मानमा ठेस पुर्याएकाले उजुरी गरिएको उजुरीकर्ताले बताएका छन् ।

सरस्वती बिरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ । उजुरी परेपछि प्रहरीले छलफलका लागि सरस्वतीलाई बोलाएपनि उनी उपस्थित भएकी छैनन् ।

सरस्वतीले फेशुबकमा केही एनजिओले उचालेर आफु बिरुद्ध उजुरी गरेको टिप्पणी गरेकी छिन् ।

यस्तो छ सरस्वतीको टिप्पणी 

मलाई डर पाठकहरुसँग लाग्छ । पाठकहरुले नै तैले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ । होइन भने एउटा INGO को केहि लाख पैसामा काठमाडौमा मासुभात खाएर केहि सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि, जिते पनि मभित्रको लेखक कहिल्यै डगमगाउदैन । हुँदाहुँदा ३०को दशकको कथा लेख्दा ५० सालमा जन्मेकी युवतीले किताबको पात्रसँग मेरो नाम जुधेकोले मेरो बेइज्जती भो भनेर हनुमानढोका ढोका प्रहरी परिसरमा उजुरी समेत दिन भ्याइछन् ।

एक लेखकको सामाजिक दायित्वप्रति पूर्ण सचेत भएर नै मैले नथिया लेखेकी हुँ र यसमा कतै चुक्न नपरोस् भन्ने कुरामा मेरो यथासम्भव प्रयास रह्यो। कुनै समय थियो, लेखकको कलममाथि राज्यले नै अंकुश लगाउथ्यो । आफ्नो धन्दा चट् हुने भयले अहिले एकाध INGOहरुले समुदायका केहि व्यक्तिहरु उचालेर लेखकलाई खेद्ने र अंकुश लगाउने क्रमको शुरुवात गर्दैछन् । एक लेखककको रुपमा मैले नैतिक समर्थन मागे के तपाईहरुको साथ रहन्छ ? – rajdhanidaily 

प्रकाशित मितिः बुधबार, माघ २३, २०७५     9:22:57 PM  |

प्रतिक्रया दिनुहोस्