20 April 2019  |   शनिबार, बैशाख ७, २०७६

चैत्र २१ गतेदेखि हनुमानढोकामा श्री शिवगोरक्ष, गोरखाकाली महायज्ञको आयोजना

    | प्रकाशित मितिः बुधबार, माघ २३, २०७५  

काठमाडौ । प्राचीन दरबार परिसर हनुमानढोकामा श्री शिबगोरक्ष,श्री गोरखकाली महायज्ञको आयोजना गरिएको छ ।

रास्ट्रकल्याण ,दिगो शान्ति, हिन्दुअधिराज्य र राजसंस्था कायम होस भनी युवा विश्व हिन्दु महासंघको आयोजनामा महायज्ञको आयोजना गरिएको हो ।

विशेष गरि यो महायज्ञ चैते दशैको अवसर पारेर गर्न लागिएको हो र रामनवमीका दिन पुुुर्व राजा ज्ञानेन्द्र शाहलाई मुलुकको शासन व्यवस्था सम्हाल्न सक्ने शक्ति प्रदान होस भनी महायज्ञको आयोजना गरिएको हो ।

आयोजकका अनुसार आउदो चैत्र २१ गते देखि  बैशाख १ गते सम्म चल्ने महायज्ञमा तान्त्रिक विधिद्वारा श्री गोरखनाथ,श्री गोरखकाली माता,श्री बज्र भैरब, श्री माहाकाली,श्री रामभक्त हनुमानजी लाई आव्हान गरि ९ दिनसम्म अखण्ड हवन महायज्ञ गरिनेछ ।

नेपाल रास्ट्रमा सलबलाई रहेका दुष्ट शक्ति नाश गर्न, नेपाल र नेपाली जनताको बिचमा विखण्डन ल्याउन खोज्नेलाई परास्त गर्न धार्मिक आस्था र विस्वाससहित बिश्व एक मात्रै हिन्दुरास्ट्र नेपालको पहिचान कायम गराउन महायज्ञ गर्न लागिएको हो ।

सृष्टिकर्ता भगवानबिष्णुको अवतार, विश्व हिन्दु सम्राट नेपालमा सामाजिक तथा धार्मिक सद्भाव,राष्ट्रिय एकता कायम गर्नका लागि राजतन्त्र पुनःस्थापनाको संकल्प गर्न महायज्ञ आयोजना गरिएको भन्दै यसलाई सफल पार्नका निम्ति सहयोग गरिदिन आयोजकले सबैमा अपिल समेत गरेको छ ।

प्रकाशित मितिः बुधबार, माघ २३, २०७५     10:37:54 PM  |

प्रतिक्रया दिनुहोस्