योजना नै नपारिँदा विकासमा पनि दलित समुदायमाथि विभेद

ओखलढुंगा। संविधानले भेदभाव र छुवाछूतलाई गैरकानुनी मान्छ तर, व्यवहारमा त्यस्तो छैन। दलित प्रतिनिधिले समेत छुवाछूत बेहोरिरहेका छन्।

सिद्धिचरण नगरपालिका–१२ का वडासदस्य सुनीता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना माग गरेको दुई पटक भयो। योजना सूचीमै राखिन्छ तर बजेट पर्दैन। दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन्। उक्त वडाको ददलित बस्तीमा खानेपानीको समस्या मात्र होइन, टोलसम्म पुग्ने बाटो पनि निकै अप्ठेरो छ। नेपालीले भनिन्, ‘गाउँमा विकास निर्माणमा दलित बस्तीमा योजना नै पारिँदैन।’ वडाध्यक्ष्य विनोद श्रेष्ठले दलित बस्ती योजनामा प्राथमिकतामा पर्न नसकेको स्वीकार गरे। उनले भने, एकैपटक धेरै कुरा सम्भव हुँदैन।

दलित समुदायले माग गरेका कुरा हाम्रा प्राथमिकतामा परेनन्।’ दलित समुदायबाट माग भएर आएका योजनामा राज्य उदासीन बन्न नमिल्ने ओखलढुंगा क्याम्पसका उपप्राध्यापक डा. भेषनाथ खनालले बताए। ‘वर्षौँदेखिको समस्या हल गर्नुपर्ने ठाउँमा योजना नै नपारिँदा विकास निर्माणमा पनि दलित समुदायमाथि विभेद भइरहेको प्रष्ट हुन्छ।
– अन्नपूर्ण पोस्ट् 

प्रतिक्रया दिनुहोस्