28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा

    | प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५  

काठमाडौं। चीनसँगको अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ । आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो ।

सम्भाव्यता अध्ययन सकिएपछि वातावरणीय पक्षको अध्ययन गरिने छ ।

प्रारम्भिक अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउन पर्ने ठाउँलगायतको जानकारी समेटिएको छ । प्रतिवेदनअनुसार चार सय केभी प्रशारण लाइनमा एक सय ११ वटा टावर राख्नुपर्ने देखिएको छ ।

–नागरिक दैनिक

प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५     6:43:57 AM  |

प्रतिक्रया दिनुहोस्