21 August 2019  |   बुधबार, भदौ ४, २०७६

प्रहरी सहायक निरीक्षक चन्दविरुद्द अख्तियारले दायर गर्यो विशेष अदालतमा मुद्दा

    | प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दविरुद्ध विशेष अदालत काठमाडौंमा बिहिवार मुद्दा दायर गरेको छ ।

चन्दले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी बलमा प्रवेश गरेको पुष्टि भएपछि अख्तियारले उनी विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई लाभ तथा सुविधा समेत लएको पुष्टि हुन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको सजाय हुन मागदाबी लिई  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ ।

चन्दले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रहेको भनी उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा चन्दले माध्यमिक शिक्षा परिषद उत्तरप्रदेश भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पुिष्ट भएपछि अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो ।

प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५     5:58:57 PM  |

प्रतिक्रया दिनुहोस्