26 January 2020  |   आइतवार, माघ १२, २०७६

आफैले आफैलाई गोली हानी आत्महत्या !

    | प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५  

दाङ । रोल्पामा एकजना व्यक्तिलेे आफैले गोली चलाएर आत्महत्या गरेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ धाराटोल निवासी मिशन बुढाको आफैले आफैलाई गोली हानी आत्महत्य गरेको प्रहरीले जानकारी दिएको छ ।

दिउँसो घरमा कोही नभएको समयमा आफ्नै घरमा लुकाई राखेको भरुवा बन्दुकले आफैलाई गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले जानकारी दिए । उनको बाँया छातिमा गोली लागेको प्रहरीले बताएको छ ।

श्रीमती बारीमा घाँस काट्न गएको तथा घरमा २८ महिनाकी छोरी एक्लै रहेको अवस्थामा बुढाले आफैले आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बुढाको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा राखिएको डिएसपी खड्काले जानकारी दिए ।

 

प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५     6:02:22 PM  |

प्रतिक्रया दिनुहोस्