बुहारीले गरिन ससुराको हत्या

ओखलढुङ्गा । ओखलढुङ्गामा अंशबण्डाको विषयमा विवाद हुँदा एक बुहारीले आफ्नै ससुराको हत्या गरेकी छिन् ।

सिद्धिचरण नगरपालिका–४ रुम्जाटार बस्ने ३० वर्षीया तारादेवी गुरुङले ७० वर्षीय ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार तारादेवीले फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेकी थिइन् ।     अंशबण्डाको विषयमा विवाद हुँदा ससुराको हत्या गरेकी तारादेवीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रया दिनुहोस्