24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

पीडकको नाम सार्वजनिक गरिदै

    | प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५  

काठमाडौं। सँगै गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको झगडाले प्रतिवेदन पार्न विफल भए पनि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन गर्न बनेको आयोगले चार वर्षको अनुसन्धान र तथ्य सहितको पीडकको सूची सार्वजनिक गर्ने भएको छ।

संक्रमणकालिन न्यायको लागि गठित आयोगको मुख्य काम मानवअधिकार संलघन घटनाको छानविन गरी दोषि पहिचान गर्नु हो। आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले कुल उजुरीको ८० प्रतिशत छानविन सकिसकेको र त्यसको विरवरण सार्वजनिक गर्ने तयारी गरेको बताएका छन्। वेपत्ता पारिएका व्यक्तिका परिवारबाट तीन हजार १७९ उजुरी परेका थिए।

त्यसमध्ये २६ सय १५ उजुरी आफ्नो क्षेत्रअधिकार भित्र परेको भन्दै प्रारम्भिक छानविन गर्ने निर्णय लिएको थियो। अध्यक्ष मल्लिकका अनुसार दुई हजार १२३ मुद्दामा प्रारम्भिक छानविन सकेर सत्य अन्वेषणको काम अघि बढाएको बताए। -कान्तिपुर दैनिक

प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५     6:44:15 AM  |

प्रतिक्रया दिनुहोस्