दश वर्षे जनयुद्धभन्दा ठुलो मुलुकले धान्न नसक्ने आन्दोलन हुने प्रचण्डको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारविरुद्ध खनिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने चेतावनी दिएका छन् ।

वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्याविधि र प्रक्रिया’ पुस्तकको लोकार्पण गर्दै उनले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताए । उनले संविधानमा व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई दिन गर्न नचाहेको भन्दै सरकारको आलोचना गरे ।

‘यदि शान्ति सम्झौता र संविधान कार्यान्वयनलाई हल्कारुपमा लिइएको छ भने अब चाँहि देशलाई फेरि गाह्रो पर्न सक्दछ’, उनले भने, ‘यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा ग¥यौं । संविधान सभाबाट जे जति अधिकार प्रत्योजित ग¥र्यौँ, त्यसलाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एकचोटी हामीले नचाहँदा नचाहँदै द्वन्द्वको स्थित आउन सक्छ ।’

अब हुने द्वन्द्व भयानक हुने भन्दै त्यसलाई मुलुकले धान्न नसक्ने उनले बताए । शान्ति सम्झौताका अन्तरनिहित भएर अगाडि बढेका छौं त भन्ने प्रश्न उठेको बताउँदै उनले भने, ‘हामीले बनाएका नियम कानून शान्ति प्रक्रियाअनुसार परिलक्षित छन् त भन्नेमा आशांका गर्न थालिएको छ ।’

अध्यक्ष दाहालले स्थिती यही रहे जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे दश वर्षे जनयुद्धभन्दा ठुलो आन्दोलन हुने चेतावनी दिए । उनले जनताको घरदैलोमै सरकार पु¥याउने गरी संविधान बनाए पनि त्यो कार्यान्वयन नभएको अनुभूति हुन थालेको धारणा राखे ।

पूर्वप्रधानमन्त्री दाहालले नेपालको लोकतान्त्रिक संविधान प्रणाली कमै देख्न पाइने भन्दै संविधानमा सबै उपेक्षित वर्ग समुदायलाई अधिकार सम्पन्न तुल्याउने जे भनिएको हो त्यही दिशातिर बढाउँदै छौँ त भनेर प्रश्न उठ्न थालेको बताए ।अध्यक्ष दाहालले पुरानै संस्कृति, संरचना, कार्यशैली र भ्रष्टाचारजस्ता रोगलाई संविधानमार्फत निदान गर्ने भनिए पनि त्यसो नभएको बताए । उनले मधेश र पहाडमा विकाराल स्थिति आउन सक्ने भन्दै त्यसलाई हिजोको जस्तै युगान्तकारी परिवर्तनको भावनाअनुसार काम गर्नुपर्ने बताए ।

‘विस्तारै विस्तारै माओवादीलाई सिध्याइहाल्यो भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्य हुन्छ, अर्को माओवादी जन्मिन्छ । झन ठूलो लडाइँ हुन्छ ।’ उनले भने, ‘त्यसैले शान्ति सम्झौता र संविधान कार्यान्वयनमा एकजुट भएर मुलुक बनाउने ऐतिहासिक अवसरमा लाग्नुपर्छ ।’

 

One thought on “दश वर्षे जनयुद्धभन्दा ठुलो मुलुकले धान्न नसक्ने आन्दोलन हुने प्रचण्डको चेतावनी

  1. कथित दशबर्षे जनयुद्ध, जनताकाे पक्षमा थिएन र नैपाली द्वारा गरिएकाे युद्दपनि थिएन ।नेपाल र नेलाली लाइ अातङ्कित तुल्याएर अार्थिक सामाजिक र सांस्कृतिक सहित मुलुकलाइ शताब्दियाै संम मुन्टै उठाउन नदिने गुरू याेजनाकासाथ मुलुकमा भिजिलान्ते र दलालहरू खडा गराइएका थिए ।उनिहरूकै माध्मबाट गरिएकाे र गराइएकाे अातङ्ककाे परिणाम स्वरूप देशका कलकारखाना सिद्याइए, भएका सम्रचनाहरू ताेडफाेड रध्वस्त बनाइयाे नेपाली सभ्यताकाे धराेहर समस्कृति ,सद्भाव, सदाचार, सहिष्णुता जस्ता नेपाल र नेपालीका िबशेषताहरू लाइ नामेटनै गरियाे र गरिंदै पनि छ ।जनताका नाहाबालक छाेराछाेरीहरूलाइ लुटेर लगेर कथित युद्दकाे नाममा ढाल बनाइयाे , हजाराै मानिसहरूकाे बिभत्स हत्या गरियाे गराइयाे ।कतिका सिन्दुर पुछिए।कति बृद्धहरूकाअाँखा एैले सम्म अाेभाउन सकेका छैनन, कति लुटिए, कतिलाइ घरवास बिहिन गराइयाे कति टुहुराभए, एसकाे कुनै लेखाजाेखा छ ? उल्टै बँचेखेचचेका बिचरा ति टुहुराहूलाइ बिदेशमा बेचेर उनिहरूकाे अार्जनबाट भित्रिएकाे रेमिटेन्स बाट एेलेपनि लुटेर माेजगरनेहरू का लागि पाप धुरीबाट कुर्लन थालेछ र छटपटिका राेधनहरू छताछुल्ल हुनपाे लागेछकित भनेर म त दङ्ङै पर्न थालेकाे छु ।

प्रतिक्रया दिनुहोस्