21 August 2019  |   बुधबार, भदौ ४, २०७६

चित्रबहादुर केसीले भने – नेपालमा राजतन्त्र वा सैनिक शासन ल्याउने षड्यन्त्र भैरहेको छ

    | प्रकाशित मितिः शनिबार, माघ २६, २०७५  

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्म निरपेक्षतालाई खारेज गरेर राजतन्त्र वा सैनिक शासन ल्याउने षड्यन्त्र भैरहेको बताएका छन् ।

प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार र ठूला राजनीतिक दलको कमजोरीका कारण स्वदेशी र विदेशी शक्ति केन्द्रहरुले नेपालमा चलखेल गर्न खोजेको बताए ।

सरकार भत्काउन र नेकपालाई विभाजन गर्नको लागि विदेशी शक्ति केन्द्रहरुले षड्यन्त्र गरिरहेको अध्यक्ष केसीले दाबी गरे ।उनले सरकारको कमजोरीका कारण नीतिगत भ्रष्टाचार बढेको र शैक्षिक माफियाहरुको अगाडी सरकारले घुडा टेकेको अरोप पनि लगाए ।

अध्यक्ष केसीले देशमा गणतन्त्र र दुई तिहाइको सरकार भए पनि विदेशी हस्तक्षेप नरोकिएको, हत्याहिंसा, भ्रष्टाचार र कालोबजारीले स्थान पाएकोमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मितिः शनिबार, माघ २६, २०७५     9:00:46 PM  |

प्रतिक्रया दिनुहोस्