22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

नेपालको पहिचानको रक्षाका लागि सर्वधर्मसापेक्ष सनातन हिन्दू राष्ट्रको लक्ष्य : कमल थापा

    | प्रकाशित मितिः शनिबार, माघ २६, २०७५  

स्याङ्जा।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई सर्वधर्मसापेक्ष पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले आज यहाँ आयोजना गरेको विराट धर्मसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले नेपालको पहिचानका रुपमा हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै पहिचानको रक्षाका लागि नेपालका ७७ वटै जिल्लामा हिन्दुत्व जनजागरणसभा सञ्चालन गर्ने बताए ।

राप्रपाले कुनै पनि धर्मको विरोधी नभई सबै धर्मलाई समानरुपमा अगाडि बढाउन चाहेको बताउँदै बहुसङ्ख्यक नेपाली जनताको भावनाको कदर हुने गरी अगाडि बढ्नुुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।

प्रकाशित मितिः शनिबार, माघ २६, २०७५     9:06:15 PM  |

प्रतिक्रया दिनुहोस्