22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

कांग्रेस जनमत संग्रहमार्फत नेपाललालाई पुनः हिन्दूराष्ट्र बनाउने पक्षमा उभिन्छ -कोइराला

    | प्रकाशित मितिः शनिबार, माघ २६, २०७५  

देवघाट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टी  हिन्दूराष्ट्रको पक्षमा उभिने बताएका छन् ।

महेश सन्यास आश्रम, देवघाटद्वारा आयोजित विराट् ज्ञानमहायज्ञको ज्ञानसभामा उनले नेपाली कांग्रेस जनमत संग्रहमार्फत नेपाललालाई पुनः हिन्दूराष्ट्र बनाउने पक्षमा उभिने दनबी गरे ।

उनले नेपाल् र् नेपालीको पहिचानका लागि पनि नेपाल् हिन्दूराष्ट्र बन्नाउन् पर्ने बताए ।  उनले नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, त्यसमा सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्ने पनि बत्ताए ।

हिन्दु धर्मामाथि प्रहार गर्न सरकार नै लागेको छ ,यसलाई जोगाउने जिम्मा कांग्रेसको हो । कोइरालाले बाह्य सक्तिको इसारामा हिन्दु धर्मा माथि नै धावा बोल्ने गरेकाले यस्ता काम बन्द गरेर सनातन हिन्दु धर्मको रक्षार्थ लाग्नुको विकल्प कांग्रेससँग नभएको ठोकुवा गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै हरिद्वारस्थित पतञ्जली योगपीठका पीठाधीश आचार्य श्री बालकृष्ण महाराजले आफू नेपालको विकासमा हरेक कुरा गर्न सक्ने र गर्नका लागि महेश सन्यास आश्रमसँग १०० जना दक्ष  जनशक्ति माग गरे ।

प्रकाशित मितिः शनिबार, माघ २६, २०७५     9:15:46 PM  |

प्रतिक्रया दिनुहोस्