22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

मुख्यमन्त्री शाहीमाथि ढुङ्गा भएको भनि सार्बजनिक समाचार सत्य होइन

    | प्रकाशित मितिः शनिबार, माघ २६, २०७५  

वीरेन्द्रनगर् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित् एक् सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको भनि सार्बजनिक् समाचार् सत्य नभेको जनाइएको छ् ।

मुख्य मन्त्रीको कार्यालयले मुख्यमन्त्री शाही सहभागि भएको कार्यक्रममा ढुङ्गा प्रहार भएको भनी केही अनलाईनमा प्रकाशन भएको समाचारवाट भ्रमित नहुन सवैमा आग्रह् गरेको छ ।  शनिबार वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ्ग प्रालिले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

सांस्कृतिक कार्यक्रम पिपलचौतारा स्थित खुल्ला सडकमा भएको र कार्यक्रमका क्रममा आयोजकले व्यानरको तल्लो टुप्पामा वाँधेको ढुङ्गा खस्न गई मुख्यमन्त्रीको छेउमै रहनुभएका प्रदेश प्रहरी प्रमुख डिआईजी महेश विक्रम शाहज्यूको खुट्टामा परेको विषयलाई अतिरञ्जित गरि ढुङ्गा प्रहार गरिएको भनि समाचार वनाईएकोले सो समाचार सत्य नभएको मुख्य मन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाही आफ्नो कार्यव्यस्तताका कारण शुभकामना मन्तव्य व्यक्त गरि कार्यक्रमबात् निस्कनुभएको र कार्यक्रम सौहाद्र्धपुर्ण वातावरणमा भएको पनि जनाइएको छ ।

प्रकाशित मितिः शनिबार, माघ २६, २०७५     10:12:04 PM  |

प्रतिक्रया दिनुहोस्