20 February 2019  |   बुधबार, फाल्गुन ८, २०७५

डेढ लाख बढी नक्कली नोट भेटियो

    | प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

काठमाडौं । प्रहरीले राजधानीको गोंगबुबाट डेढ लाख बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको हो ।

गएराति विशेष सूचनाका आधारमा प्रहरी प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुग्दा त्यँहा एक फ्ल्याटमा छापा मार्दा क्षेत्रीको कोठाबाट १४१ वटा हजार दरको नक्कली र नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ ।

हाल हिक्मत कुँवर फरार रहेका छन् ।उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     9:02:52 PM  |

प्रतिक्रया दिनुहोस्