22 January 2020  |   बुधबार, माघ ८, २०७६

द्वन्द्वकालिन मुद्दामा प्रचण्ड फस्ने डर,मुद्दा छिटो टुंग्याउन ओलीलाई दाहालको दबाब

    | प्रकाशित मितिः सोमवार, माघ २८, २०७५  

काठमाडौं । द्वन्द्वकालिन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम बढेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

सत्यनिरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको र यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै दाहालले प्रधानमन्त्रीलाई आन्तरिक रुपमै टुंग्याउन आग्रह गरेका हुन् ।

केही दिन यता दाहाल र ओलीबीचको मनमुटाव सतहमा देखिएको छ । यही सन्दर्भमा उनीहरुबीच शनिबार बिहान छलफलसमेत भएको थियो । छलफलमा दाहालले सत्यनिरुपणको विषयलाई सरकार, सदन र राजनीतिक दल मिलेर टुंग्याउने मर्म बुझेर काम अघि बढाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । –कान्तिपुर दैनिक

प्रकाशित मितिः सोमवार, माघ २८, २०७५     6:37:49 AM  |

प्रतिक्रया दिनुहोस्