22 January 2020  |   बुधबार, माघ ८, २०७६

गणतन्त्र सिध्यायर राजतन्त्र ल्याउने चनखेल् सुरु भैसक्यो -चित्रबहादुर केसी ।

    | प्रकाशित मितिः सोमवार, माघ २८, २०७५  

पाल्पा।राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्र सिध्याउने चनखेल् सुरु भैसकेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेललाई सम्बोधन गर्दै अध्यक्ष केसीले मुलुकबाट् गणतन्त्र हटाएर राजतन्त्र फर्काउने चलखेल भएको बताए । जसका लागि हिन्दु राज्यसहितको राजतन्त्र फर्काउन नेपाली कांग्रेस सहमत भइसकेको उनले बताए । राजतन्त्र फर्काउने विषयमा राप्रपामा एकीकरण सुरु भएको र छिमेकी भारतीय जनता पार्टीले विभिन्न गतिविधि मार्फत राजतन्त्र फर्काउने चलखेल सुरु गरेको उनको दावी छ ।

तर राजनीतिक दलले गल्ती गर्दैमा गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे । यसका लागि सबै जनता सचेत हुनपर्ने पनि उनको आग्रह थियो ।

प्रकाशित मितिः सोमवार, माघ २८, २०७५     9:29:46 PM  |

प्रतिक्रया दिनुहोस्