19 February 2019  |   मङ्लबार, फाल्गुन ७, २०७५

ट्राफिक कम्युनिकेसन एप’ सञ्चालनमा,अब एपबाटै चालकको निगरानी

    | प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५  

काठमाडौ । लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले प्रविधिमार्फत त्यसको कार्यान्वयन गर्न थालेको छ ।

त्यसका लागि पश्चिम नवलपरासीको भुमहीबाट आइतबारदेखि ‘ट्राफिक कम्युनिकेसन एप’ सञ्चालनमा ल्याइएको छ ।

एपमार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एक चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउनेछ ।

लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान बढी हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एपमार्फत निगरानी थालिको प्रहरीको दावी छ । –कान्तिपुर दैनिक

प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५     6:55:36 AM  |

प्रतिक्रया दिनुहोस्