22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

चोलेन्द्र श्रीमान कडा बन्दै,न्यायाधीशहरु धमाधम काजमा तानिँदै

    | प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५  

काठमाडौं। न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिवद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन् ।

सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन् । उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे काजमा परिषद बोलाइएका हुन् ।

दुईजनासँगै विराटनगर उच्च अदालतबाट मुख्य न्यायाधीशसहित आठ जना न्यायाधीश कारवाहीस्वरुप न्यायपरिषद तानिएका छन् ।

साढे ३३ किलो सुन प्रकरणसम्बन्धी मुद्दाको न्याय सम्पादनको क्रममा गलत देखिएको भन्दै न्यायाधीश काजमा तानिएका हुन् ।

–नागरिक दैनिकबाट

 

प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५     6:58:34 AM  |

प्रतिक्रया दिनुहोस्