13 August 2019  |   मङ्लबार, साउन २८, २०७६

नेपालमै गोली उत्पादन गर्ने प्रस्तावलाई भारतले गर्यो सिधै अस्वीकार

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

काठमाडौं।नेपालमै इन्सास र एम–१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ।

गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिभएर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम–१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो। उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता छलफलका क्रममा एसएलआर, इन्सास र एम–१६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो। तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाइ रहेको छ। नेपालले भारतबाटै गोलीगठ्ठा किनोस् भन्ने रणनीतिका साथ नेपालमै उत्पादन गर्नुपर्ने प्रस्तावलाई नमानेको हो।

इन्सास भारतमै निर्मित राइफल हो। एम–१६ भने अमेरिकी अत्याधुनिक हतियार हो। सेनासँग इन्सास राइफलको संख्या मात्रै १५ हजार वटाभन्दा बढी छ। यसका लागि चाहिने गोलीगठ्ठा भारतबाटै किन्नुपर्ने बाध्यता छ। -कारोबार दैनिक

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     7:37:33 AM  |

प्रतिक्रया दिनुहोस्