17 February 2019  |   आइतवार, फाल्गुन ५, २०७५

खोसिँदै अंगरक्षकः विशिष्ट व्यक्तिका लागि खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

काठमाडौं । नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौति नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ ।

विशिष्ट ब्यक्ति सुरक्षा कार्यविधी विपरित खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्यूटीमा खटाएको हो ।प्रहरीप्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरित खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाएको हो ।यस्ता दुई सय ८० प्रहरीलाई नियमित ड्यूटीमा खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘जसका लागि अंगरक्षक खटाएको छ, उनीहरुलाई सुरक्षा थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो । अहिलेसम्म दुईसय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ ।’

-नागरिक दैनिक

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     7:42:36 AM  |

प्रतिक्रया दिनुहोस्