22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

सहिदहरुको सपनामाथि प्रचण्डले होलि खेलिरहेको विप्लव माओवादीको आरोप

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

काठमाडौ । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहिदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएको छ ।

सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाएका हुन् ।

उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढि जनयुद्धका सहिदहरुको अपमान गरेको दावी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरे ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा ¥यालीसहितको प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     5:51:31 PM  |

प्रतिक्रया दिनुहोस्