17 February 2019  |   आइतवार, फाल्गुन ५, २०७५

गाउँपालिका अध्यक्षको अन्त्यष्टीमा सार्वजनिक बिदाको घोषणा

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्बाङको निधनमा बुधबार सार्वजनिक बिदा हुने भएको छ ।

नेपाली साहित्यमा समेत स्थापित व्याक्तित्व नेम्बाङको शोकमा जिल्लाका सबै स्थानीय तहले बिदा दिने निर्णय गरेको हो । फिदिम नगरपालिकाले सुचना जारी गरी २९ माघमा गरेको निर्णय अनुरुप सार्वजनिक बिदा दिन लागिएको हो ।

फिदिम नगरपालिकाले सार्वजानिक बिदा दिने निर्णय गरेपनि अन्य गाउँपालिकाले भने आंशिक बिदा दिने निर्णय गरेको हिलिहाङ गाउँपालिका प्रबक्त मदन गौतमले जानकारी दिए । त्यस्तै फालेलुङ र तुम्वेवा गाउँपालिकाले भने स्वास्थ्य र शिक्षा बाहेकका क्षेत्रमा मात्रै बिदा दिने निर्णय गरेको छ । वडा कार्यालय र गाउँपालिका कार्यालय मात्रै बिदा गर्ने सुचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुँगेलले जानकारी दिए ।

मन्तब्य राखेर मञ्चमा फर्कने क्रममा गत शनिबार बेहोस भएका अध्यक्ष नेम्बाङको इलाम जिल्ला अस्पतालमा निधन भएको थियो । उनको पार्थिब शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान कांग्रेस पार्टी कार्यालय फिदिम ल्याइने तयारी रहेको कांग्रेस पाँचथरले जानाएको छ ।

 

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     5:57:07 PM  |

प्रतिक्रया दिनुहोस्