14 August 2019  |   बुधबार, साउन २९, २०७६

१४ वर्षीय बालकको शव शौचालयमा झुन्डिएको अवस्थामा भेटियो

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

कालिकोट । जिल्लाको सदरमुकाम मान्म बजारमा १४ वर्षीय वालकको बुधवार शौचालयमा झुन्डिएर रहेको अवस्थामा मृत लास भेटिएको छ ।

नरहरिनाथ गाँउपालिका ३ कुमालगाँउ स्थायी घर भएका १४ वर्षीय ज्ञानेन्द्र विस्ट हाल मान्म बजारमा आफन्तको घरमा वस्दै आएका थिए । मृतक विस्टका आफन्तका अनुसार आर्थिक लेनदेनमा सामान्य विवाद भएको केही समयपछि कसैलाई थाहा नदिइ शौचालयमा झुन्डिएको भेटिएको जनाएका छन् ।

उनी मान्ममा रहेको महादेव माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यानरत रहेका थिए । मृतक विस्टको लासलाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरिले जनाएको छ ।

 

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     6:01:25 PM  |

प्रतिक्रया दिनुहोस्