22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

गुलरियामा संजाल व्यवस्थापन सम्बन्धि तालिम

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

कल्पना कार्की/कोहलपुर । स्थानीय युवा महिला संजालका प्रतिनिधि तथा युवा रोल मोडलहरुको लागि संजाल व्यवस्थापन र संजालीकरण विषयक २ दिने तालिम गुलरियामा संचालन गरिएको छ ।

प्लान इन्टरनेशनल फिल्ड कार्यालय नेपालगञ्जसंगको साझेदारी राइजिङ आइडल्स बाँकेले संचालन गरिरहेको युवा महिला सशक्तिकरण परियोजना अन्तर्गत बर्दियाको राजापुर, बारबार्दिया र ठाकुरबाबा नगरपालिकामा सञ्चालनमा रहेका युवा महिला सञ्जालका प्रतिनिधीहरुको लागि संचालित तालिममा २५ जना स्थानीय युवा महिलाहरुको सहभागिता रहेको छ ।

तालिममा स्थानीय युवा महिला सञ्जालको विकासका लागि आवश्यक सीप, स्थानीय स्तरमा गर्न सकिने योजना तथा स्थानीय सवालहरुको पहिचान गरि निर्माण गराउनका लागि आयोजित तालिममा राइजिङ आइडल्स बाँकेका संस्थापक अध्यक्ष आशिष बर्माले युवा महिलाको सवाल र स्थानीय सरकारको भुमिका विषयमा सहजिकरण गर्नु भएको छ ।

तालिममा सहभागि राजापुर युवा महिला सञ्जालकी करिष्मा चौधरीले युवा महिलाले राजापुर नगरपालिका सँगको संचालन गरेको कार्यक्रमहरु र यसको पारेको सकारात्मक उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो । राइजिङ आइडल्सका कार्यक्रम संयोजक विष्णु प्रसाद अधिकारीले बर्दियामा युवा महिला समूहले गरेका कामहरु तथा खेल्न सक्ने भुमिकाको बारेमा जानकारी दिनु भएको थियो ।

तालिममा राजन बर्मा, महेश विश्वकर्मा र आरती चौधरीले सहजिकरण गर्नु भएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     6:45:44 PM  |

प्रतिक्रया दिनुहोस्