22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

नेपालका कम्युनिष्टहरुको काम देखेर संसार नै चकित छ-प्रचण्ड

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिष्टहरुको काम देखेर संसार नै चकित परेको दावी गरेका छ्न ।

जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालका कम्युनिष्टहरुको गतिविधीले संसारले नेपाललाई ध्यानपूर्वक हेर्न बाध्य बनाएको बताए ।

कम्युनिस्ट एकता सङ्गै सुरु भएका विकास निर्माण र समृद्धिका छलाङहरु देखेर विश्व जगत नेपालका कम्युनिस्ट देखि आशचर्य परेको बताए । उनले सवै कुरा आफै खाउ भन्नेहरुका लागि कम्युनिस्ट एकता मनैदेखी नपचेको भन्दौ अब मुलुकमा कम्युनिस्ट पार्टीले नै विकास र आर्थिक समृद्धिमा मुलुकलाई कोल्टे फेर्ने बताए ।

उनले कम्युनिष्ट आन्दोलनमा संसदीय र सशस्त्र विद्रोह दुई धार रहेको बताउँदै कुनै समय कम्युनिष्टका दुई एक–अर्कालाई सिध्याउने र आफूमात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे ।

कार्यक्रम अनुपस्थित रहेका नेकपामा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले कार्यक्रममा आउन नसकेको अध्यक्ष दाहालले प्रष्ट्याए । उनले दुबै अध्यक्षको समझदारीबाट देशभर जनयुद्ध दिवसमा शहिदको सम्मान गर्ने कार्यक्रम तय गरिएको पनि स्पष्ट पारेका थिए ।

पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए । नेकपा अध्यक्ष दाहालले दुविधा र भ्रम छाडेर गोलबद्ध हुन सबै कम्युनिष्ट घटकहरुलाई आह्वान गरे ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     6:55:38 PM  |

प्रतिक्रया दिनुहोस्