23 September 2019  |   सोमवार, अशोज ६, २०७६

भ्रष्टाचार गर्न दुलो–गौँडा चाहार्नेहरू सरकारसँग रुष्ट छन – प्रधानमन्त्री ओली

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई निरुत्साहित पार्न सरकार प्रतिबद्ध रहेको दावी गरेका छ्न ।

सरकार सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा बिहिवार  देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न दुलो–गौँडा चाहार्नेहरू सरकारसँग रुष्ट र क्रुद्ध भएको बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूका सन्दर्भमा आफूले मुखमा पानी हालेर नबोलेको पनि बताए ।

कर्मचारी सरुवाबढुवा गर्न तम्सनेहरूले नै सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्यो भनेको सुन्दा आफू आश्चर्यमा परेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालन यता भ्रष्टाचार नियन्त्रणमा राज्य निकै कडा बनेको पनि बताए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५     6:00:37 PM  |

प्रतिक्रया दिनुहोस्