27 January 2020  |   सोमवार, माघ १३, २०७६

पानी जहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने केही महिना पर्खनुहोस टिकट काट्ने अड्डानी खुल्छ

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालय रमाइलो र ठट्टाका लागि नभई मुलुकको समृद्धिका लागि भएको बताएका छ्न ।

बिहिवार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजै मैले पानीजहाज कार्यालयको उद्घाटन गरेको छु,यो कुनै रमाइलोको लागि होइन देशको बिकासका लागि हो । यसका लागि फेरि भोलि बाटै मेरो मजाक उडाएर प्रश्न उठ्न सक्छ  ओलीले भने अबको केही महिनामै सरकारले टिकट काउन्टर पनि खोल्छ ।

मजाक र रमाइलो होइन ढुक्क हुनुहोस प्रधानमन्त्री ओलीले भने टिकट काट्न पाइन्छ, केही महिना पर्खनुस् । टिकट काट्ने अड्डा अलि पछि खुल्छ ।’’ उनले टिकट काउन्टर खुलेको बारेमा सार्वजनिक रुपमै सबैलाई खबर गर्ने पनि बताए ।

यसअघि २०२७ सालमा पानी जहाज दर्ता ऐन प्रचलनमा आए पनि कार्यालय भने स्थापना भएको थिएन ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो । सरकारले नेपाल पानीजहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरिसकेको छ ।

मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा रहनेछ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५     6:18:54 PM  |

प्रतिक्रया दिनुहोस्