25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

गैरे सुरेशको संगीत र शैलेन्द्र शरदको शब्दमा र्भुर भुर्र बतासमा (भिडियो सहित)

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५  

काठमाडौं – पछिल्लो समयका लोकप्रिय अनि व्यस्त संगीतकार गैरे सुरेशको कर्णप्रिय संगीतमा आधुनिक गीत ‘भुर्र भुर्र बतासमा’ सार्वजनिक भएको छ ।


सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम् गीतकार शैलेन्द्र खनाल ‘शरद’को शब्द रहेको यो गीत शैलेन्द्र पुत्र शानिध्य खनाल र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको आवाजमा भ्यालेन्टाइन्स डे को अवसर पारेर सार्वजनिक गरिएको हो।
देशको सेवामा समर्पित एक जवानको कलम प्रेम गितमा समेत चलेको छ । जुन गित भर्खर मात्र सार्वजनिक भएको छ । यसो त प्रहरी सेवामा रहेका मानिसलाई धेरैले कठोर दिल भएको भनेर बुझ्ने गर्दछन तर सबैमा यो लागु हुँदैन ।
अन्य नेपाली प्रेमगीत भन्दा फरक स्वाद रहेको बताइएको यस गीतलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । विकाश दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको यो गीतको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय देख्न सकिन्छ।
ASK इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यस गीतलाई OSR डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५     9:05:07 PM  |

प्रतिक्रया दिनुहोस्