भेरी नदिमा खस्यो बस,४ जनाको मृत्यु,उद्धारकार्य जारी

कोहलपुर । नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुबाहक बस बिहीबार भेरी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ ।

जाजरकोटको भेरी नगरपालिका, १ को खलंगा रिम्ना सडक खण्डअन्तर्गत पिपे नजिकै बस नदीमा खसेको हो ।यात्रुबाहक बसको चलानी पुर्जीमा ८ जना यात्रु रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उद्धारका लागि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । दुर्घटना स्थलबाट ४ जनाको शव निकालिएको रुकुम प्रहरीले जनाएको छ ।

बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ ।बस सडकबाट करिब दुई सय मिटर तल  भेरीमा खसेको छ ।दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोली उद्दारमा खटिएको छ ।

 

प्रतिक्रया दिनुहोस्