काश्मिरमा ठुलो आतंकवादी हमला,कम्तिमा ४२ जना सुरक्षाकर्मिको मृत्यु ,तीसबढी घाइते

काठमाण्डौ ।भारतको उत्तरी राज्य काश्मिरमा बिहिबार ठुलो आतंकवादी हमला भएको छ । सो हमलामा परी कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन् ।

भारतिय सन्चार माध्यमका अनुसार जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन् ।

करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । जम्मु-काश्मिर सरकारका सल्लाहकार विजयकुमारका अनुसार यो हमलामा ४० जनाको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन् ।

यी गाडीमा २५४७ जना सीआरएफका जवान सवार थिए । यो हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस-ए-मोहम्मदले लिएको छ । -तस्वीर -आजतक 

प्रतिक्रया दिनुहोस्