28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

जातीय आधारमा सांसदबीच नै विभेद

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

काठमाडौं । देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् ।

‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष निर्वाचित सांसद पहिलो र समानु्पातिक दोस्रो र हामी राष्ट्रियसभाको तेस्रो श्रेणीका भएका छौँ ।’

उनले स्थानीय पूर्वाधार साझेदार कार्यक्रम निर्देशिकाले सांसदबीच विभेद गरेको दाबी गरे । ‘यसले सांसदबीत नै विभेद गरेको छ, त्यो सच्याउन माग गर्छु,’ उनले भने । -अन्नपूर्ण पोस्ट्

 

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     6:48:01 AM  |

प्रतिक्रया दिनुहोस्