22 January 2020  |   बुधबार, माघ ८, २०७६

आईएनजीओले आतंकवादी संगठन मार्फत अबौं रुपैया नेपाल भित्र्याएको खुलाशा

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस संगठन मार्फत अबौं रुपैया भित्र्याएरहेको हुन सक्ने आशंका गरेको छ।

आइएनजीओबाट भित्रिने अबौं रुपैया अपारदर्शी रहेको र स्रोत खुल्न नसकेको भन्दै आयोगले सबै आइएनजीओलाई सुक्ष्म निगरानीमा राखी अध्ययन गर्न सरकारलाई सुझाब दिएको छ । सरकराले समाजकल्याण परिषदमा  देखिएको अनिएमितता र विकृतिबारे छानबिन गर्न पूर्वमुख्य न्यायाधीश माेहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीस्य उच्चीतरीय जाँचबुझ आयोग गठन गरेको हो। १८ साउन २०७५ मा गठन भएको सो आयोगले आफ्नो प्रतिवेदन केहि दिनअधिमात्रै सरकारलाई बुझाएको छ।

आयोगले गत एक वर्षमा नेपालमा रहेका आईएनजीओले विभिन्न परियोजना र कार्यक्रको नाममा ४२ अब रुपैयाँ भित्र्याएको समेत औल्याएको छ। आयोगका अनुसार  नेपालमा हाल २५० आईएनजीओ छन्। -राजधानी दैनिक

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     6:56:30 AM  |

प्रतिक्रया दिनुहोस्