25 January 2020  |   शनिबार, माघ ११, २०७६

योजनाहरु कार्यान्वयनमा धनगढी उप-महानगरपालिका देशकै पहिलो बन्न सफल

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

कैलाली । नगरविकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा कैलालीको धनगढी उप-महानगरपालिका देशकै पहिलो भएको छ ।

नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप-महानगरपालिकालाई सम्मान गरेको छ ।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मानपत्र प्रदान गरिएको छ । शहरी विकासमन्त्री महम्मद इश्तियाक राईले उपमहानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरेका हुन ।

कार्यक्रममा शहरी विकासमन्त्री राईले धनगढी उप-महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले
उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान ग्रहण गर्दा आफूहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     3:30:07 PM  |

प्रतिक्रया दिनुहोस्