31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा,शनिबार थाइल्यान्ड प्रस्थान गर्ने

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

काठमाडौं । थाइल्यान्डमा आयोजना हुने आइसीसी महिला ट्वेन्टी–२० विश्वकपअन्तर्गत् एसिया क्षेत्रको छनोट प्रतियोगिताका लागि शुक्रबार १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु वर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल छन् ।

त्यस्तै, वैकल्पिकतर्फ चार खेलाडी छनोटमा परेका छन् । रितुकुमारी कनौजिया, सुमन विष्ट, अञ्जली चन्द र डोली भट्ट छन् ।टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय छन् ।

विभिन्न सात टोली सहभागी उक्त छनोट प्रतियोगितको आफ्नो पहिलो खेल नेपालले यही फागुन ७ गते मलेसियासँग खेल्नेछ ।त्यस्तै, दोस्रो खेल फागुन ९ गते थाइल्यान्डसँग खेल्ने नेपालले १० गते संयुक्त अरब इमिरेट्स (युएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

‘राउन्ड रोबिन’का आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ ।नेपाली टोली शनिबार थाइल्यान्ड प्रस्थान गर्नेछ । रासस

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     8:51:19 PM  |

प्रतिक्रया दिनुहोस्