26 January 2020  |   आइतवार, माघ १२, २०७६

हिरो गोल्डकपको उपाधीबाट चुके नेपाली चेली,म्यानमार ३–१ ले बिजयी

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

काठमाण्डौ । नेपाली महिला फुटबल टिमले हिरो गोल्ड कप महिला अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधी जित्नबाट चुकेको छ । शुक्रबार साँझ भारतको कालिङ्गाा रंगशालामा भएको फाइनलमा नेपाललाई म्यानमारले ३–१ ले पराजीत गरेको छ ।

पहिलो हाफमा नेपाल र म्यानमारले १–१ को बराबरी खेलेका थिए तर दोस्रो हाफमा नेपालको प्रदर्शन कमजोर हुँदा २ गोल खान पुगेको थियो ।खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा नेपालकी मन्जली योन्जनले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् ।

खेलको ५३ औं मिनेटमा विन थेइङ्गले गोल गर्दै म्यानमारलाई अगाडी लगाइने भने खेलको ६३ औं्र मिनेटमा या या ओले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को जित दिलाइन् । म्यानमारले समूह चरणमा पनि नेपाललाई हराएको थियो ।

नेपालले सिनियर महिला फुटबलको इतिहासमा पहिलो पटक भारत र इरानलाई हराउँदै फाइनलमा म्यानमारसँग भिड्ने निश्चित गरेको थियो । अन्ततः उपविजेतामा सिमित भएकोछ । यो नेपाली महिला फुटबलको इतिहासमा उत्कृष्ट प्रदर्शन हो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     8:54:35 PM  |

प्रतिक्रया दिनुहोस्