25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

दि कपिल शर्मा सो बाट सिध्धु आउट

    | प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५  

काठमाडौ । भारतीय चर्चित टेलिभिजन सो दि कपिल शर्मा सो बाट नवजोत सिंह सिध्धु आउट भएका छ्न । जम्मु कश्मीरको पुलवामा बिहिवार भएको आतंकवादी हमला पछि उनले दिएको बयान विवादमा तानिएको थियो ।

भारतभर आतंकवादी हमलाको चर्को विरोध भैरहेको बेला  कांग्रेस नेता नवजोत सिंह सिद्धू ले पनि पुलवामा भएको  आतंकवादी हमला बारे  आफ्नो बिचार राखेका थिए । उनको विचार विवादमा आएपछि उनलाई दि कपिल शर्मा शो बाट निकालिएको भारती संचार माध्यम ईन्डिया टुडेले जनाएको छ ।

पूर्व क्रिकेटर-राजनेता सिद्धूले उक्त आतंकवादी हमलाको विसयलाई भारत पाकिस्तान सुत कुद्र बनेको बेला मीडिया शीत कुराकानी गर्दौ सिध्धुले केही मान्छेको खराव कर्तुतलाइ लियर पुरै देशलाई दोषी र जिम्मेवार मान्नुपर्छ ? भनेका थिए । यसैगरी उनले उक्त घटनाको आफुले समेत निन्दा गरेको भन्दौ आतंकवादिको कुनै देश, धर्म और जाति नहुने बताएका थिए ।

त्यसपछि उनलाई सो बाट निकाल्न माग गरिएको थियो । उनी यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सपथ ग्रहणमा पुगेपछि पनि विवादमा आएका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५     4:14:33 PM  |

प्रतिक्रया दिनुहोस्