25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

पशुपतिको गीतले कम्युनिस्टहरु तनावमा, गीतमाथि नै  प्रतिबन्धको तयारी ?

    | प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५  

काठमाडौ । लोक दोहोरी गायक पशुपति शर्माको नयाँ गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तनाब सिर्जना गरेको छ । शर्माको स्वर रहेको ‘लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै हो छुट’ बोलको गीतले बालुवाटार तनावमा परेको हो । जुन गीतमा नेपालमा भ्रष्टाचार बढिरहेको प्रसंगलाई ब्याङ्ग्य गरिएको छ ।

उक्त गीतमा राष्ट्रपतिका लागि डेढ अर्बमा हेलिकोप्टर किन्न लागेको देखि बाईड बढी, ३३ किलो सुन काण्ड जस्ता प्रसंग समेटिएको छ । सरकारले सुशासन कायम गर्ने दावी गरिरहेको वेला अख्तियारकै आयुक्तको घुसकाण्ड सार्वजनिक भएको वेला गायक शर्माको उक्त गीत सरकारका लागि झटारो बनेको छ ।

युट्युबमा ट्रेनिङमा रहेको उक्त गीतले अहिलेसम्म ३ लाख दर्शकले हेरेका छन् भने दुई हजार भन्दा बढी कमेन्ट रहेको छ । लोकगायक मध्ये मौलिक शब्दका पक्षपाती पशुपतिका प्राय गीत प्रभावकारी छन् ।

मलाई अमेरिका यहि, जापान पनि यहि जस्ता गीत गाएर चर्चामा आएका शर्माको यसपालीको गीतमा केही शब्द आपत्तिजनक भएको भन्दै नेकपा कार्यकर्ताले गीत प्रतिबन्ध गर्न सरकारलाई सुझाब दिएका छन् ।

घुस खाने आयुक्तलाई कार्वाही नगर्ने तर, सरकारको आलोचना गरेकै कारण गीतमा प्रतिबन्ध लगाउदा सरकारको थप आलोचना हुने भन्दै तत्काल गीतमाथी प्रतिबन्ध नलाग्ने बालुवाटार स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा भएका टिका टिप्पणी सुनेर अत्तालिने गरेका सरकारका केही मन्त्रिहरुले पनि गीत प्रतिबन्ध गर्नुपर्ने धारणा राखेका छन् । –राजधानी

प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५     7:42:30 PM  |

प्रतिक्रया दिनुहोस्