27 January 2020  |   सोमवार, माघ १३, २०७६

अनियमिततामा मुछिएपछि, समाजकल्याण परिषद्का सबै पदाधिकारी बर्खास्त

    | प्रकाशित मितिः आइतवार, फाल्गुन ५, २०७५  

काठमाडौं । सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य सचिव डिल्लीप्रसाद भट्ट, तथा सदस्यहरू इन्द्रकुमार झा र गोकर्णप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।

यसअघि सरकारले उनीहरूसँग दुईपटक स्पष्टीकरण लिएको थियो । परिषद्का पदाधिकारीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीहरू अनियमिततामा मुछिएको भन्दै सरकारले सबैलाई बर्खास्त गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

राजधानी दैनिकले कोषका पदाधिकारीहरूले अनियमितता गरेको समाचार केही दिनअघि मात्रै प्रकाशित गरेको थियो ।समाजकल्याण परिषद्का पदाधिकारीहरूले मिलेमतो गरी अनियमितता गरेको र कोषलाई क्षति पुर्‍याएको भन्दै त्यस सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन सरकारले पूर्व मुख्यन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

सो आयोगले परिषद्मा व्यापक अनियमितता भएको ठहर गर्दै सबै पदाधिकारीलाई बर्खास्त गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । आयोगको सो सिफारिसअनुसार सरकारले सबै पदाधिकारीलाई बर्खास्त गरेको हो । -राजधानी दैनिक

प्रकाशित मितिः आइतवार, फाल्गुन ५, २०७५     6:34:55 AM  |

प्रतिक्रया दिनुहोस्