22 January 2020  |   बुधबार, माघ ८, २०७६

अन्तर्राष्ट्रिय समुदाय गुहार्नका पूर्वमाओवादी पीडित गंगामाया अधिकारीले बनाईन् राहदानी

    | प्रकाशित मितिः आइतवार, फाल्गुन ५, २०७५  

काठमाडाैं । पूर्वमाओवादी पीडित गंगामाया अधिकारीले राहदानी बनाएकी छन् । आफ्नो छोराको जनयुद्धको समयमा माओवादीले अनाहकमा हत्या गरेको भन्दै उनी लामो समय आमरण अनशन बसेकी थिइन् ।

उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही नभएको र उचित न्याय नपाएको भन्दै अन्तर्राष्ट्रिय समुदाय गुहार्नका लागि राहादानी बनाएकी हुन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार राहदानी बनाएकी हुन् । जिप्रका अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी लगायत गंगामायासंगै पुगेका थिए ।

गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको भने यसअघि नै अनशनका क्रममा ज्यान गइसकेको छ । उनको शव अझै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । अधिकारी घटनामा पक्राउ परेका मुख्य अभियुक्त छविलाल तिवारीसहित १२ जनाले अदालतबाट सफाइ पाइसकेका छन् । तिवारीले सर्वोच्च अदालत र अन्य १२ जनाले चितवन जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा चितवन रत्ननगरमा आफन्त भेट्न गएका बेला तत्कालिन माओवादीले हत्या गरेका थिए । जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिने फैसला गरेको थियो भने अर्का अभियुक्त रुद्र आचार्य भने फरार रहेकाले उनी अदालतमा उपस्थित भएपछि मात्रै फैसला हुने भएको छ ।
आरोपीहरुले अदालतबाट सफाइ पाएपछि उनी अहिले अन्तर्राष्ट्रिय समुदाय गुहारिरहेकी छन् ।
-नयाँ पत्रिकाको सहयोगमा

प्रकाशित मितिः आइतवार, फाल्गुन ५, २०७५     9:40:57 PM  |

प्रतिक्रया दिनुहोस्