सीके रावतले देश टुक्राउने अभियान थाल्दा सिंहदरवार किन टुलुटुलु हेरेर बस्यो–कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सेना, सरकार र न्यायालयमा हुने आर्थिक र नीतिगत भ्रष्टाचारलाई पनि अख्तियारको दायरामा ल्याउन माग गरेका छन् ।

अख्तियारको क्षेत्राधिकार बढाउन माग गर्दै उनले मन्त्रीपरिषदबाट हुने नीतिगत निर्णयमा पनि अख्तियारले छानविन गर्न पाउने गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारका तर्फबाट मन्त्रीपरिषदमा गैरकानुनी निर्णय हुने गरेको थापाले बताए ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष थापाले नेपाली सेना, न्यायालय र मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार हुने गरेको तर ति भ्रष्टाचारको छानविन कहिँ पनि नहुँने जिकिर गरे । अख्तियारको नियन्त्रण बाहिर रहेका सेना र न्यायलय र मन्त्रीपरिषदका निर्णयमा अंकुस लगाउन जरुरी भएको बताए । सानातिना ठेक्काका निर्णय पनि मन्त्रिपरिषदबाट हुन थालेको बताउँदै थापाले राज्यकोषबाट सञ्चालित सबै निकाय अख्तियारको क्षेत्राधिकारमा समावेश गर्न माग गरेका छन् ।

‘मन्त्रिपरिषदबाट कतिपय यस्ता निर्णय हुन्छन् जो नीतिगत भ्रष्टाचारसँग सम्बन्धित हुन्छन्’ उनले भने ‘तर ति निकायबाट हुने गरेका नीतिगत भ्रष्टाचारको छाननिव गर्ने निकाय नै छैन । त्यसैले सवै निकायको छानविन गर्ने अधिकार अख्तियारलाई दिनु पर्दछ ।

पत्रकार सम्मेलनमा थापाले तराई क्षेत्रमा देश टुक्र्याउन गरी सीके रावतले गतिविधि गरिरहेको र उनीहरुलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको बताए । देश टुक्राउने गतिविधिमा लागेकालाई समयमै पहिचान गरि नियन्त्रणमा लिन थापाले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रया दिनुहोस्