दुर्घटनामा घाइते बाराका सिडियोको उपचारका क्रममा मृत्यु

काठमाडाैं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे हाे ।

गत १२ माघमा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल र भट्टराई चढेको गाडी बाराको पथलैयामा ट्याक्टरसँग ठोक्किएको थियो ।

उनीहरु चढेकाे ना १ झ १६३३ नम्बरको गाडी दुर्घटना हुँदा एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो, भने भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

 

प्रतिक्रया दिनुहोस्