22 January 2020  |   बुधबार, माघ ८, २०७६

कांग्रेस सांसद सिंहले गायक शर्मालाई २५ हजार पुरस्कार दिने

    | प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५  

काठमाडौ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई पुरस्कार दिने घोषणा गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सिंहले फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ शर्मालाई पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेका हुन् ।

‘जनताको बोली गाउने गायकलाई आफुले फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने उनले घोषणा गरेका हुन  । गायकले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपमानित गरेको भन्दै सत्तारुढ दलका भातृसंगठनहरुले आपत्ति जनाएका छन् भने कांग्रेस र विवेकशीललगायत दलले शर्माको गीतलाई समर्थन गरेका छन् ।

उनीहरुले शर्माको गीतमाथि आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको आरोप लगाएका छन् । आइतबार विवेकशील पार्टीका कार्यकर्ताले गायकको शर्माको गीत बजाउँदै माइतिघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए ।

 

प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५     5:27:18 PM  |

प्रतिक्रया दिनुहोस्