भारतीय ज्वाईलाई नागरिकता दिलाउने नक्कली बा प्रहरी खोरमा

राजविराज । नक्कली बुबा बनी ज्वाई पर्ने भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।तस्वीर -राजधानी 

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारी निवासी ५० वर्षिय उत्तमलाल साह छन् ।
सिन्धुपालचोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित पतिङ्ग आधारभुत विद्यालयमा शिक्षक पदमा कार्यरत साहले भारत विहार राज्यको लौकही थाना नरेन्द्रपुर ग्रामपंचायत निवासी बिरेन्द्र साहलाई छोराको रुपमा झुठा विवरण प्रस्तुत गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाउन सफल भएका थिए ।

भारतीय नागरिक साह पक्राउ परेका साहको नाताले ज्वाई भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।सो सम्बन्धमा परेको गोप्य उजुरीको आधारमा छानबिन गर्दा किर्ते नागरिकता प्रकरणको खुलासा भएको र साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।

उनलाई सोमबार सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्