पुरैना तालको पहिचान र पर्यटन प्रबर्द्धनका लागि महोत्सवको तयारी

इन्दु केसी,सुखड (कैलाली) । पर्यटकीय क्षेत्रको निकै ठूलो सम्भावना बोकेको कैलालीको बर्दगोरीया गाउँपालिका वडा नंं ४ मुडा बजारमा शिवरात्री बर्दगोरीया पुरैना तालको पहिचान लागि महोत्सव संचालन गरिने भएको छ ।

धार्मिक तथा सास्कृतिक पहिचान र पर्यटन पर्वदनमा योगदान पुर्याउने उदेश्यले यहि फागुन १७ देखि २१ सम्म  पुरैना ताल पहिचान महोत्सवको तयारी थालिएपछि अहिले यस तालले चर्चा समेत पाउन थालेको छ ।

वर्षौदेखि अझेलमा रहेको र यसको संरक्षण र पहिचानका निम्ति कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा विकाश गर्न सहयोग पुर्याउने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको मुडा बजार विकाश समितीले जनाएको छ । परापुर्व कालदेखि नै यो ताल रहेको र हालसम्म यसको विकास र पहिचानका निम्ति कसैको नजर जान नसकेकाले ताल  ओझेलमा पर्दै गएको यहाँका स्थानीय बताउछन ।

अनुमानीत १२÷१३ बिघाह क्षेत्रफलमा फैलिएको स्वस्च्छ र सुन्दर तालमा ढुंगा समेत संचालन गर्न सकिन्छ । तालको बिचमा रहेको मन्दीरले यसको महत्व झन थपेको र वर परका दुईवटा तालले यो तालको बनावटमा अझ सुन्दरता भरेको भान हुन्छ ।

परापुर्व कालदेखिनै बिशेष गरी थारु समुदायले आफनो देवी देउता पुज्ने बिशेष स्थानको रुपमा यो ताल क्षेत्रलाई मान्दै आएको भए पनी हाल भने यस्तो अवस्था नभएको थारु समुदायका अगुवाहरु बताउछन ।

यस ताल क्षेत्रमा घोडाघोडी तालमा जत्तीकै र जस्तै चराचुरुङ्गी देखीने भएता पनी कुन कुन जातका र कती चराहरु छन भन्ने आकडा भने निकालीएको छैन । धेरै ठुलो क्षेत्रफलमा फैलीएको सामुदायिक वन तथा चुरे संग समिा जोडीएका वन जंगल भएकाले थुप्रै जंगली जनावरहरु समेत देखीने गरेको जानकारहरुको बताउछन ।

पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको पुरैना तालमा हाल सम्म सरकार तथा बिभिन्न संघ संस्थाको नजर भने पर्न सकेको छैन । यस ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकाश र बिस्तार गर्न सके बर्दगोरीया गाउपालिका मात्र होईन समग्र सुदुरपश्चिम प्रदेशको आर्थिक सम्बृद्धी संग यसलाई जोडन सकिने स्थानीय बुद्धिजीवी बताउछ्न ।

प्रतिक्रया दिनुहोस्