पुर्वरानी कोमल शाहको ६९औ शुभ जन्मोत्सव भोलि विर्तामोडमा मनाईदै

काठमाडौ । पुर्व रानी कोमल राज्यलक्ष्मी देवि शाहको ६९औ शुभ जन्मोत्सव भोलि झापाको विर्तामोडमा मनाईदै छ ।

शाहको जन्मोत्सव मनाउन विर्तामोडमा दरवार निकट व्यक्ति ,हिन्दुवादी संघ/संगठनका व्यक्तिहरु तथा राजावादी समर्थकहरु विर्तामोड पुगेका छ्न ।

दरबार निकट स्रोतले जनाए अनुसार शाहको जन्मोत्सवका लागि गठित नागरिक मुल समारोह समितिले भव्य तयारी गरेको छ । शाहको ६९ औ शुभ जन्मोत्सव फागुन  ८ गतेसम्म विविध कार्येक्रमहरु गरि मनाईने  छ । शाहको शुभजन्मदिन फागुन ७ गते पर्दछ ।

व्यक्तिगत तथा पारिवारिक भ्रमणका क्रममा केही दिन अघि तराईमा रहनु भएका पुर्व राजारानी यतिबेला विर्तामोडमा हुनुहुन्छ ।

प्रतिक्रया दिनुहोस्