पुर्वराजा ज्ञानेन्द्र शाहले भने – दिनप्रतिदिन राष्ट्र कम्जोर हुँदै गएको पाउदा अत्यन्त दु:खी छु !

काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देश दिनप्रतिदिन कम्जोर बन्दै गईरहेको प्रति चिन्ता व्यक्त गरेका छ्न ।६९ औ प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा शुभकामना शन्देश जारी गर्दै शाहले प्रजातन्त्रको मूल्य र मान्यता अनुसार मुलुकको गति अगाडि बढ्न नसकेको बताएका छ्न ।

शुभकामना शन्देशमा शाहले सोझासाझा जनताको माझमा अझैसम्म पनि प्रजातन्त्र पुग्न नसकेको बताएका छ्न ।
उनले सबै अटाउने प्रणाली ,सबैको आस्थाको केन्द्र राष्ट्र नबनेसम्म प्रजातन्त्रले मुर्तरुप नपाउने भन्दै,जनताको हित,विकास मुलभुत मापन नै प्रजातन्त्र हो,भनेका छन । पुर्वराजा शाहाले देश दर्शनका क्रममा आफुले प्रजातन्त्रको सोचेजस्तो प्रगति र अवस्था नपाएको भन्दै दुख ब्यक्त गरेका छ्न ।

पछिल्लो समय देशको अबस्थाले गर्दा राज्यका हरेक अङ्गप्रती नागरिकमा नैरस्यता छाएको, वितृष्णा पैदा भएको, र अनबिज्ञता रहेको बताएका छ्न । यसैगरी नागरिकको राष्ट्र निष्ठामा आएको ह्रास ,युवा विदेश पलायनको तीब्र शृङ्खला तथा नागरिकको मनमा छाएको हिन्नताबोधले राष्ट्र कमजोर बन्नु दुःखद् भएको बताएका छन ।

प्रतिक्रया दिनुहोस्