दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा गर्छौ -ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने बताएका छन् । ६९ औं प्रजातन्त्र दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताए । उअन्ले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएको भन्दै अब आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर हुने बताएका छन् ।

२००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तीको उक्त आन्दोलनमा शाहदत प्राप्त गर्ने सबैमा श्रद्धान्जली व्यक्त गरे ।

प्रतिक्रया दिनुहोस्