28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

क्यान्सर रोग नै पत्ता नलगाउने क्यान्सर अस्पताल

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५  

नेपालगन्ज । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो ।

करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ । जनशक्ति र प्रविधि अभावका कारण सो अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौँ र भरतपुर रिफर गर्दै आएको छ ।

सामान्य बिरामीमात्रै हेरचाह गर्न सक्ने उक्त अस्पताल आउने क्यान्सर रोगी रोग पत्ता लगाउन लामो यात्रा गरेर अन्यत्र जान बाध्य छन् । अस्पतालका प्रमुख विश्वराज पौडेलले भने, ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ तर पर्याप्त जनशक्ति छैन ।’नागरिक दैनिक

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५     6:34:26 AM  |

प्रतिक्रया दिनुहोस्